Techie IT

बाजुराका पत्रकार तेजुको अवशेष १४ महिना पछि भेटियो


बाजुरामा महिना अघि बाजुराको बुढीनन्दा दर्शनका लागी गएर वेपत्ता अवस्थामा रहेका पत्रकार तेजु खड्काका अवशेष भेटिएको छ। जिल्लाको लौरी विनायक भन्ने स्थानमा स्थानीयले उनको पर्स र झोला लगायतका सामान भेटाएको बताएका छन।

अघिल्लो वर्ष भदौ ९ गते देखि वेपत्ता रहेका पत्रकार खड्काको सामान भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय कोल्टीलाई खबर गरेका थिए। स्थानीयले पर्समा तेजु खड्काको आइडिकार्ड, लाइसेन्स भेटाएपछि प्रहरीलाई खबर गरेका हुन ।

खबर पाएपछि इलाका प्रहरी कार्यालय कोल्टी बाजुराले सोमबार नै प्रहरी टोलिलाई अवशेष भेटिएको स्थलतर्फ पठाइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धब सिंह भाटले बताए।

प्रहरीलाई उक्त स्थानमा पुग्न दुई दिन लाग्ने भएकाले थप विवरण टोली पुगेपछि मात्रै आउने उनले बताए। पत्रकार तेजुको अवशेष पहिचान गर्न सहजताका लागी प्रहरी टोलीसँग पत्रकार र स्थानीय पनि लौरी विनायक तर्फ गएका छन। dineshkhabar


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!