Techie IT

मंगलबार साझँको भुकम्पले घर चर्किए


मङ्गलबार राति ७ बजेर १६ मिनेटमा बझाङको खप्तड छान्ना गाउँपालिकाको पौवागडीलाई केन्द्रबिन्दु बनाएर ५।७ रेक्टरको भुकम्पले २ वटा घर चर्किएका छन्।

भूकम्पले खप्तड छान्ना गाउँपालिका अन्र्तगत पौवागडीमा भोजराज जोशी र सोही ठाउँका तुलाराम थापाको घर चर्किएको र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले बताएका हुन्। प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले गाउँपालिकामा एउटा पूरानो गोठ भत्केको खबर आएको जानकारी दिए।

उनले पनि हालसम्म कुनै अप्रिय घटनाको सूचना नआएको जानकारी दिए। धेरै पुराना घर भएकाले भूकम्प आउँदा घर चर्केको हुनसक्ने उनको भनाइ छ। भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको तीव्रता नयाँ दिल्लीसहित उत्तर भारतसम्म महसुस गरिएको थियो। dineshkhabar


क्याटेगोरी : प्रदेश, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस