Techie IT

डोटीमा जिउँदै आगो लगाएर युवतीको हत्या


डोटीमा एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ। जिल्लाको शिखर नगपालिका वडा नम्वर ४ मुडभराकी २६ बर्षीय भावना भट्टको आगो लगाएर हत्या गरेको माईती पक्षले आरोप लगाएका हुन्।

उनका परिवारकै सदस्यले पेट्रोलीयम पदार्थ छर्किदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाए। हत्यामा उनका श्रीमान मिनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ। उनले जिल्ला प्रहरी कैलाली मार्फत शर्मा विरुद्ध किटानी जाहेरी दिने बताए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले उजुरी आए डोटी पठाईदिने बताए। उता जिल्ला प्रहरी कार्यालय डोटीले भने घटना बारे जानकारी नआएको जनाएको छ।

शरिरमा आगो लागेपछि मंसिर ७ गते गम्भिर घाईते भएकी भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पुगाईएको थियो। सुजङ अस्पतालले थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएकोमा उनलाई थप उपचारका लागि भारतको बलेरी लगिएको थियो। उनको स्वास्थ्य अवस्था सुधार भएको भन्दै घर ल्याईएकोमा आज कैलालीको अत्तरियास्थीत शर्माका काकाको घरमा उनको मृत्यु भएको हो। भावना र शर्माबिच दुई बर्षअघि मात्रै भागी बिवाह भएको थियो। शर्माले भावनालाई दोश्रो श्रीमतीको रुपमा भित्र्याएका थिए। दिनेश खबर बाट


क्याटेगोरी : प्रदेश, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस