शौचालयमा लडेर एक युवकको मृत्यु

धनगढीमा शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का जगतवहादुर बमका ३१ बर्षीय छोरा रोशन बमको मृत्यु भएको हो।
‘सोमवार बेलुका शौचालय गएका बम लामो समय सम्म नफर्किएपछि परिवारका सदस्यले शौचालय खोलेर हेर्दा बेहोस अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनु भयो ।
उपचारका लागि माया मेट्रो अस्पतालमा भर्ना गरिएकोमा केही बेरमा अस्पतालमै उनको मृत्यु भएको हो।’
प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार उनको शौचालयमा लडेर नै मृत्यु भएको हो। अहिले उनके शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। आफन्तले भने हृदयघातका कारण उनको मृत्यु भएको बताएका छन्।
क्याटेगोरी : प्रदेश, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस