काठको मुडा टाउकोमा लाग्दा डोटीमा नेपाली सेनाका हवल्दारको मृत्यु

काठको मुडा लागेर डोटीमा कार्यरत नेपाली सेनाका हवल्दारको मृत्यु भएको छ।
दिपायल पृतनामा रहेको गुरुबक्स गुल्ममा कार्यरत लाँलीकाँडा गाउँपालिका–६ दैलेखका ३५ वर्षिय जगतजंग थापाको मृत्यु भएको हो।
सोमबार बिहान व्यारेक नजिकैको हजारेको डाँडाको वनबाट फाईरिङ तालिम सकेर खाना खान फर्कने क्रममा माथिबाट लडेर आएको मुडा उनको टाउकामा लागेको थियो।
मुडा लागेर घाईते भएकालाई उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पताल ल्याईएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो। टाउकामा गम्भिर चोट लागेकाले बचाउन नसकिएको अस्पतालले जनाएको छ।