मेसु पाण्डेको मनोगत निर्णयले प्रादेशिक अस्पताल अस्तव्यस्त

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर हेमराज पाण्डेको मनोगत निर्णयले अस्पताल अस्तव्यस्त भएको छ । राजनीतिक पुर्वाग्राह तथा व्यक्तिगत लाभ लिने उद्देश्यले मेसु पाण्डेले आफू अनुकुल निर्णय गर्ने क्रमलाई निरन्तरता दिएपछि अस्पताल अस्तब्यस्त बन्न थालेको हो ।

अस्पताल सञ्चालक समितिलाई वेवास्ता गर्दै पाण्डेले विभिन्न स्वार्थ समुहको प्रलोभनमा परेर जथाभावि सामान खरिद गर्ने अस्पतालको स्तरोन्नतिका लागि आएको बजेट दुरुपयोग गर्ने क्रम नरोकिएपछि अस्पताल सञ्चालक समितिले डाक्टर पाण्डेलाई सचेत गराएको थियो । अस्पताल सञ्चालक समितिले डाक्टर पाण्डेका गतिविधिमा नियन्त्रण गर्न थालेपछि उनले विभिन्न स्वार्थ केन्द्रको प्रयोग गरेर अस्पताल र अस्पताल सञ्चालक समितिलाई बद्नाम गर्न सञ्चार माध्ययममा तथ्यहिन समाचार लेखाउदै हिडेका छन् ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय स्थापना पश्चात सुधारमा रहेको प्रादेशिक अस्पतालमा मेसु पाण्डेले अस्पतालमा सञ्चालमा ब्यवधान खडा गरेर अस्पताल सञ्चालक समितिलाई असफल देखाउन सञ्चार माध्ययमको प्रयोग गर्न थालेपछि अस्पताल पुनः पुरानै अवस्थामा पर्कन सक्ने सरोकारवालाहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् ।

पहिलेका अस्पतालको स्तरोन्नतिमा कुनै रुचि नभएका ब्यवस्थापकहरुको नेतृत्वमा बसेर अस्पतालको श्रोत साधनमाथि ब्रम्हलुट मच्चाएका व्यक्तिहरुको संरक्षणमा रहेका पाण्डे अस्पतालमा पुरानै शैलीले रजगज चलाउन चाहान्छन् अस्पतालमा कार्यरत एक जना कर्मचारीले भने । ति कर्मचारीका अनुसार पूर्व योजना अनुरुप आर्थिक लाभ प्राप्त गर्न नसकेपछि मेसु पाण्डेले सञ्चारमाध्यम प्रयोग गरेको बुझ्न गाहे छैन् ।

अपस्पताल व्यवस्थापन समितिले समेत आफ्नो कामको तिव्रता बढाएर अस्पतालको सुधार भैरहेको अवस्थामा मेसुले विभिन्न बखेडा झिकेर मनोगत निर्णय गर्ने कार्यशैलि प्रति अस्पताल व्यवस्थापन समिति समेत असन्तुष्ट बनेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले मेडिकल सुपरिटेन्डेण्टद्धारा अस्पतालमा हुने कुनैपनि गतिविधि र निर्णय गर्नुपुर्व व्यवस्थापन समितिलाई विश्वासमा लिएर पारदर्शीताका साथ अगाडी बढे मात्रै अस्पतालको सुधार हुने बताए । उनले भने विगतका समयमा मेसु हेमराज पाण्डेले गरेका केही महत्वपुर्ण निर्णयहरु एकलौटी ढंगबाट गरेका कारण त्यसप्रति हाम्रो गम्भिर आपत्ति छ ।

प्रादेसीक अस्पताल सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत पर्छ । मेसु परिवर्तन देखी अस्पतालको सम्पुर्ण रेखदेख अस्पताल समितिलाई दिइएको छ । मेसु पाण्डे प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतका कर्मचारी हुन् । मन्त्रालयले आवश्यकताको आधारमा मेसु आवश्यकताका आधारमा सरुवा, बढुवा गर्न पाउने अधिकार मन्त्रालयलाई छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker