सडकका कारण वस्ती नै विस्थापित,जताततै पहिरोको त्रास
बाजुरामा १० परिवारको उठिवास

बाजुराको डिमालिका नगरपालिका– १ मैमातोलाको बस्ती नै पहिरो जोखिममा रहेको छ। गाउँको माथीबाट सडक निर्माणगर्दा बस्ती नै पहिरो जोखिममा रहेको हो। वर्षातको समयमा त उनीहरु विस्थापित नै हुने गरेका छन्। घर माथिबाट सडक निर्माण गर्दा स्थानीयले रोक्न खोज्दापनि जबरजस्ती सड्क डोजर खनेर लगीएको स्थानीय बताउँछन। जसका कारण अहिले मैमातोलाका १० परिवारको उठिवास जस्तै भएको छ।
उनीहरु हिउँदमापनि वर्षा भएको बेला वस्तीबाट टाढागएर चौरमा पाल टाँगेर बस्ने गरेका छन्। ‘सुुरुमा त सडक बन्यो अब विकास भयो भन्ने लागेको थियो, अहिले त माथिबाट पहिरो आउँदा उल्टै विनाश भएका
छ’ स्थानीय नरी बिष्टले भने। पहिरोले २० मुरी धान फल्ने खेत छोपिसकेको उनले बताए।
मैमातोला जस्तै बाजुराका दर्जनौ बस्ती अहिले सड्क निर्माण गर्दा डोजर प्रयोगले पहिरोको उच्च जोखिममा रहेका छन्। स्थानीय सरकारले सडक निर्माणका क्रममा जथाभावि डोजर परिचालन गर्दा बस्ती जोखिम र खेती योग्य जमिन तहसनहस हुँदै गएको छ।
बुढिन्नदा नगरपालिका–९ बस्ने धर्म बोहाराले भने ‘सडकले विकास होइन विनाश ल्याएको छ। सड्क निर्माण गर्ने नाँउमा डोजर लगाएका छन्, जथाभावी बाटो खनेका छन्। अहिले वर्षातले पहिरो आएर निकै समस्या भएको छ।’ ‘खन्न लगाएको भए स्थानीय रोजगार पनि हुने सड्क पनि राम्रो हुने थियो, तर गाउँमा जताततै डोजरले मात्र बाटो खनिरहेको छ’ अर्का स्थानीय लक्षि विकले भने।
आर्थिक वर्ष २०७५र०७६ मा सडक योजनाका लागी बाजुराका ९ स्थानीय तह, प्रदेश र संघले ५० करोडभन्दा बढि बजेट छुट्याएको थियो। जम्मा ४९ सडक योजना सबैमा डोजर परिचालन गरिको पाइएको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ।
जिल्ला वन डिभिजन कार्यालय बाजुरा एक अधिकृतका अनुसार सडक निर्माणका नाममा जंगल समेत फडानी भएको छ। ‘जता जंगल त्यतै सड्क लगेका छन, डोजर प्रयोग गरेर जंगल फडानी भएको छ। त्यसले गर्दा बाजुरामा जताततै पहिरोको त्रास रहेको छ’ उनले भने।dineshkhabar