धनगढीमा स्टाफ नर्स मृत फेला

धनगढीमा स्टाफ नर्स मृत फेला परेकी छिन्। धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २३ बर्षीय स्टाफ नर्स देविका श्रेष्ठ मृत फेला परेकी हुन्। दाङको घोराहीकी श्रेष्ठले १५ महिना अगाडी मात्रै भारतीय नागरिक बिक्की अग्रवालसंग विवाह गरेकी थिईन्।
अग्रवालले श्रेष्ठसंग दोश्रो विवाह गरेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक दक्षकुमार बस्नेतले धनगढी उप–महानगरपालिका वडा नम्वर ३ स्थित डेरामा श्रेष्ठ मृत अवस्थामा फेला परेकी हुन्। प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार भित्रबाट ढोका बन्द गरेको अवस्थामा श्रेष्ठ मृत फेला परेकी हुन्।
घटनास्थल हेर्दा आत्महत्याको आशंका गरिएको छ तर स्थानीयले घटनाको अनुसन्धानको माग गरेका छन्। झुण्डिएको अवस्थामा उनको शव फेला परेपनि उनको खुट्टा भने जमिनमा ठोक्किएको छ।
यसअघि पुस १३ गते पनि धनगढीमा स्टाफ नर्स मृत भेटिएकी थिईन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरको ऐश्वर्या स्कुल नजिकै डेरामा बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० की स्टाफ नर्स २० वर्षीय सोनम ऐर मृत अवस्थामा भेटिएकी थिईन्।
आफन्तले घटनाको अनुसन्धानका लागि प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले पोष्टमार्टममा कर्तव्यको कुनै संकेत नदेखेपछि अहिले भिसेरा परिक्षण गरिरहेको छ।
दिनेश खवरबाट साभार
क्याटेगोरी : प्रदेश, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस