वडा अध्यक्ष धामीको हत्याप्रति बान्नीगढी गाउँपालिकाद्धारा दुःख व्यत्त

पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर २ का अध्यक्ष पदमबहादुर धामीको हत्या भएको घटना प्रति बान्नीगढी जयगढ गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।
वडा अध्यक्ष धामीको हत्या भएकोमा दुःख व्यक्त तथा घट्नाको सत्यतथ्य छानविन र अनुसन्धान गरि अपराधीलाई कानुनी दायरामा ल्याई हदैसम्मको कार्वाही गर्न माग गर्दै बान्नीगढी जयगढ गाउँपालिकाले बिज्ञप्ति प्रकाशीत गरेको छ ।
वडा अध्यक्ष धामीको माघ २० गते राती निर्ममतापूर्वक हत्या गरिएको “घट्नाप्रति बान्नीगढी जयगढ गाउँपालिका घोर भ्रत्सना गर्दछ” बिज्ञप्तिमा भनिएको छ ।
जनप्रतिनिधको अमानविय र कारुणीक तवरबाट भएको हत्याको घट्नाले सिंगो समाज, जनप्रतिनिधि, सामाजिक नेतृत्वलाइ त्रसित र असुरक्षीत बनाएको गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्ती मार्फत धामीको आत्माको चीरशान्तिको कामना सहित परिवारजनमा समवेदना प्रकट गरिएको छ ।
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस