सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा चित्तल तस्करी

सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको अत्याधुनिक भनिएको एम्बुलेन्स चित्तल तस्करीमा प्रयोग भएको भेटिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले बाँडेको एम्बुेन्स चित्तल तस्करी गर्दै गरेको अवस्थामा दार्चुलामा प्रहरीले नियन्त्रणमा लिएको छ।
बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउँदै आएको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसलाई ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको जनाएको छ। महेन्द्रनगरबाट फर्किने क्रममा एम्बुलेन्सलाई चेकजाँचका क्रममा मृत चित्तल भेटिएपछि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए।
उनका अनुसार एम्बुलेन्स चालक महेश बोहोरालाई पनि पक्राउ गरिएको छ। बोहोराले कञ्चनपुरको अर्जुनी ब्यारेकबाट चित्तल मारेर ल्याएको प्रारम्भीक बयान प्रहरी समक्ष दिएका छन्।
अहिले मुचुल्का उठाउने काम भईरहको र केही बेरमा सव डिभिजन वन कार्यालय चौलानीलाई बुझाईने प्रहरीले जनाएको छ। प्रहरीले बुझाएपछि चालक विरुद्ध वन ऐन अनुसार कारवाही सुरु गरिने सव डिभिजन वन कार्यालयका प्रमुख परमानन्द कुँवरले बताए।
dineshkhabar
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस