निर्मला हत्या प्रकरण : नयाँ प्रतिवेदनमा दिलीप नै मुख्य दोषी

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या सम्बन्धमा एआईजी धिरु बस्न्यात नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गर्दैै नयाँ प्रतिवेदन कार्यान्वयनका लागि कञ्चनपुर प्रहरीलाई निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले दुईसाताअघि अर्का डीआईजी सुरज केसी नेतृत्वमा पुनरवलोकन समिति गठन गरेको थियो । उक्त समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नका लागि कञ्चनपुर प्रहरीलाई निर्देशन दिइएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले जानकारी दिए ।
प्रहरी उच्च स्रोतका अनुसार पछिल्लो प्रतिवेदनमा दिलीप सिंह विष्टलाई नै मुख्य दोषी देखाइएको छ । विष्ट नै मुख्य अभियुक्त रहेकाले अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिइएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दियो ।
एआईजी बस्न्यात नेतृत्वमा २०७५ भदौ ३१ मा छानबिन समिति गठन गरिएको थियो । १३ वर्षीया बालिका पन्तको २०७५ साउन ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।
बस्न्यात नेतृत्वको समितिले नै यसअघि पक्राउ परिसकेका विष्ट निर्दोष रहेको भन्दै प्रहरी अनुसन्धानमै कमजोरी देखिएको निष्कर्ष निकालेको थियो । बाह्रखरीबाट साभार
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस