Techie IT

शुदरका पहाडी जिल्लामा बदेलको आतंक : ८ जना घाइते


शुदुर पश्चिमका पहाडी जिल्लामा जंगली बदेलले आतंक मच्चाएको छ । बाजुरा र डोटीमा जंगली जनावर बदेलको आक्रमण बाट ८ जना घाईते भएका छन ।

बाजुरामा जंगली बदेँलको आक्रमणबाट ७ जना घाइते भएका छन्। जिल्लाको गौमुल गाउँपालिका–३ माझपालिमा रहेको धर्मोदय आधारभुत विद्यालयको सरसरफाईमा जुटेका सात जनालाई जंगली जनावर बदेलले आक्रमण गर्दा घाइते भएको प्रहरीले जनाउको छ।

जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार घाइते हुनेमा सोही वडाका स्थानीय ५० वर्षीय जगत विश्वकर्मा,४० वर्षीय पूर्ण विक ५० वर्षीय डवल रोकाया, ४५ वर्षीय धनबहादुर रोकाया, ४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल कामी रहेका छन्।

यस्तै
डोटीमा बँदेलको आक्रमणबाट महिला घाईते भएकी छन ।जंगली बँदेलको आक्रमणबाट एकजना महिला गम्भीर घाइते भएकी हुन। जिल्लाको केआइसिंह गाउँपालिका(७ की तुल्छी भण्डारी गम्भीर घाइते भएकी हुन्।

कुराउलो सामुदायिक बनको बाटो हुँदै शिखर नगरपालिका( १ कपल्लेकी आफन्तको घर जाँदै गरेको अवस्थामा आइतबार बँदेलले आक्रमण गरेको थियो। घाइते भण्डारीको राजपुर स्थित सुजंङ्ग अस्पतालमा उपचार भईरहेको छ। आक्रमणबाट घाइते महिलाको अनुहार क्षतविक्षत भएको सुजङ्ग अस्पतालका डाक्टर मोहन पुजारीले बताए। dineshkhabar


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस