Techie IT

गुणस्तरहिन मदिरा सेवनका कारण दुई जनाको मृत्यु


बझाङको तल्कोट गाउँपालिका– २ कुँवर गाउँका दुई जनाको अत्यधिक मदिराको सेवनले ज्यान गएको छ। माघ २५ गते कुवर गाउँका ४४ वर्षीय धनबहादुर कुँवर घाँटी भित्रको भाग सुन्निएर गम्भीर अवस्थामा जिल्ला अस्पताल भर्ना भए। उपचार गर्दागर्दै उनको माघ २६ गते जिल्ला अस्पताल सिमखेतमा मृत्यु भयो।

कुँवरको बारेमा जिल्ला अस्पतालको टोलीले स्थानीयसँग बुझ्दा गुणस्तरहिन मदिरा९सोफी० सेवन गरेको थाहा भयो। घाँटीमा समस्या आएका कारण उनले ७ दिनसम्म खाना नखाएको स्थानीयले टोलीसँग बताए।

उनको मृत्यु भएको पछिल्लो दिन २७ गते सोही गाउँका ४२ वर्षका रणबहादुर कुँवर र ४० वर्षका सुरेन्द्र कुँवर पनि उस्तै समस्या लिएर भएर जिल्ला अस्पताल भर्ना भए। उनीहरु दुवैजनालाई अस्पतालले सेती प्रादेशिक अस्पताल धनगढी रेफर ग¥यो। उनीहरुको स्वास्थ्य स्थितिमा केही सुधार आएको जानकारी आफूलाई प्राप्त भएको स्वास्थ्य कार्यालय बझाङका महामारी नियन्त्रण प्रमुख तथा ल्याब टेक्निसियन नारायण जोशीले बताए।

यसरी एउटै प्रकृतिका विरामीहरु जिल्ला अस्पतालमा आउन थालेपछि स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुझक्त जोशी, जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर रोशन श्रेष्ठ, स्वास्थ्य कार्यालयका महामारी नियन्त्रण प्रमुख तथा ल्याब टेक्निसियन नारायण जोशी लगायतको टोलीले औषधी उपकरणसहित तल्कोट गाउँपालिका वडा २ कुँवर गाउँको स्थलगत भ्रमण ग¥यो।

गाउँका ७२ जनाको स्वास्थ्य परिक्षण गर्दा कुनै त्यस्तो रोग नभेटिएको स्वास्थ्य कार्यालयले जनायो। टोलीसँग त्यहाँका स्थानीयले मृतक र विरामीले अत्यधिक रुपमा गुणस्तरहिन मदिरा ९सोफी ० सेवन गर्ने गरेको बताए।

माघ २९ गते कुँवर गाउँकै गिरी आउजी पनि पटक–पटक बेहोस हुने, पेट दुख्ने, श्वास फेर्न गाह्रो हुने समस्या लिएर जिल्ला अस्पताल भर्ना भए। उनलाई अस्पतालले केहीबेरपछि अन्यत्र रेफर ग¥यो। उनको धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको तल्कोट गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले बताए।

एउटै गाउँका चार जना विरामी भएपछि माहामारी भएको एकाएक हल्ला फैलियो। तर अस्पताल स्रोतले भने हल्लाका पछि नलाग्न आग्रह गर्दै एक प्रतिवेदन प्रकाशित गरेको छ। ग्रामिण भेगमा अहिले गुणस्तरहिन मदिरा खुलेयाम बिक्री वितरण भइरहेकाले सचेत रहन पनि जिल्ला अस्पतालले सबैमा आग्रह गरेको छ। दिनेश खबरबाट साभार


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!