अछाम आक्रमणको १८ वर्ष पूरा : प्रत्यक्षदर्शी कृष्णप्रसाद जैशीसंगको कुराकानी

अछाम जिल्ला आक्रमण भएको आज १८ वर्ष पूरा भएको छ । सशस्त्र द्वन्द्वका बेला अछाममा भएको यो सबै भन्दा ठूलो आक्रमण हो ।
२०५८ फागुन ४ गते एकै रात जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगरमा आक्रमण भएको थियो । आक्रमणबाट अछामको ऐतिहासिक अछाम दरबार सहित सम्पूर्ण सरकारी कार्यालयहरु ध्वस्त भएका थिए । भने आक्रमणमा तत्कालिन प्रमुख जिल्ला अधिकारी मोहन सिंह खत्री सहित १ सय २३ जना भन्दा बढिको मृत्यु भएको थियो ।
अछाम दरबार ध्वस्त भएको १८ वर्ष भईसकेको छ । दरबार पुनर्निर्माण सुरु भएको ११ वर्षसम्म पनि निर्माण कार्य पूरा हुन सकेको छैन ।
यसैबिच नेपाल कम्युनिष्ट पार्टी नेकपाका शुदुरपश्चिम प्रदेश सदस्य तथा अछाम आक्रमणका प्रत्यक्षदर्शी कृष्ण प्रसाद जैशीले आक्रमणको १८ बर्ष बित्दा पनि ध्वस्त भएका संरचना नबन्नु दुखद भएको बताउनु भएको छ । २०५८ सालमा तत्कालिन शसस्त्र बिद्रोहमा ध्वंस भएका अछाम दरबार लगाएत संरचना अहिले सम्म पनि नबन्नु निरासाजनक कुरा भएको उहाँले बताउनुभयो ।
संरचना निर्माणमा ठेकेदारहरुको चरम लापरबाही र सरोकार वाला निकायको फीतलो निगरानि नै प्रमुख कारण भएको उल्लेख गर्नुभयो । आक्रमणमा शाहदत प्राप्त गरेका सहिद हरुको पनि सन्तोषजनक सम्मान नभएको र मृतक परिवारले पनि प्रयाप्त राहत नपाएको जैशीले बताउनुभयो ।
यसैबिच हामीले अछाम आक्रमणको बिषयमा नेकपा शुदुरपश्चिम प्रदेश सदस्य तथा आक्रमणका प्रत्यक्षदर्शी कृष्ण प्रसाद जैशीसंग कुराकानी गरेका छौँ ।
कुराकानीको शुरुमा उहाँलाई हामीले फागुन ४ गतेलाई तपाई कसरी स्मरण गर्नुहुन्छ भनेर सोधेका छौँ ।
कुराकानि कृष्ण प्रसाद जैशी ।