Techie IT

प्रेस युनियन बाजुराका अध्यक्ष रौले कांग्रेस बैठकमै कुटिए


प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौले माथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपीट गरेका छन ।

अध्यक्ष रौलेलाई कांग्रेसले बैठकमा बोलाएर योजनाबद्ध रुपमा कुटपीट गरेका हुन ।

रेडियो पौरखीको विषयलाई लिएर राससकर्मी रौलेलाई कांग्रेस बैठकमा बोलाएर हिरेन्द्र रोकाया लगायतका व्यक्तिहरुले नेताहरुकै सामु कु्टपीट गरेको रौलेले जनाएका छन ।

गत शनिबार रेडियो पौरखीको स्टेशन म्यानजर पदको परिक्षा नियमसम्बद्ध नभएको भन्दै परिक्षा बहिस्कार गरेका रौलेलाई छलफलका लागि पार्टी कार्यालय बोलाएर पार्टी सभापति कविराज पण्डितकै अघि हातपात भएको रौलेले जनाएका छन ।

रौले माथि भएको आक्रमणको पत्रकार महासंघ बाजुराका साथै पत्रकाहरुहरुले भत्र्सना गरेका छन ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस