Techie IT

टिकापुरमा आ’गो’ले जलेर एक वृद्धको ज्या’न गयो


टीकापुर नगरपालिका–७ सत्तीमा आ’गला’गीमा परि ७० वर्षीया लालबहादुर भण्डारीको मृ’त्यु भएको छ ।

सत्ती कर्णाली सामुदायिक वनसँग जोडिएको नदी किनारमा स्थानीयको खरबारीमा आ’गला’गी हुँदा भैँसी चराउन गएका भण्डारीको जलेर मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ ५ बजेतिर भैँसी चराउन गएका भण्डारी आफैँले खरबारीमा आगो लगाएका थिए ।

खरको आगो भण्डारीको लुगामा सल्केपछि भाग्न नसक्दा ज’लेर मृ’त्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस