अहिले नै बाँके र बर्दियालाई कर्णालीमा गाभ्न हुँदैन : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न नहुने बताएका छन् ।

नेकपाको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन बुधबार सुर्खेत आउनु भएका दाहालले जनचाहना अनुसार प्रदेशको संरचनामा परिवर्तन हुनसक्ने भएपनि अहिले नै बाँके र बर्दियालाई कर्णालीमा गाभ्न नहुने बताउनु भएको हो ।

दाहालले प्रदेशको भू–बनोट सधैं एकै रहने ‘ग्यारेन्टी’ नभएको र जनताको चाहनाअनुसार परिवर्तन हुनसक्ने समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker