अज्ञात समूहले गर्यो डोजरमा आग’जनी

डोटीको सायल र आदर्श गाउँपालिकामा डोजरमा अज्ञात समूहले आगजनी गरिएको छ।
सायल गाउँपालिका वडा नम्बर १ छपालीमाबाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर र आदर्श गाउँपालिका वडा नम्बर ३ काँडीस्याउलेमा रहेको आन्टीनेन्टल टे«डिङ ईन्टरप्राईजेज काठमाण्डौंको बा १ क २१५९ नम्बरको डोजरमा बुधबार राती अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दिलिप सिंह देउवाले बताए।
गाउँपालिकामा काटिएको शाखाबाटो मर्मत तथा सफा गर्ने क्रममा छपालीमा रहेको गाउँपालिकाको डोजरमा मध्यराती आगजनी गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए। गाउँपालिका तथा प्रहरीको टोली घटनास्थल तर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
एकै समयमा दुई वटा ठाउँमा आगजती हुनुले प्रतिबन्धीत बिप्लब नेतृत्वको नेकपाको संलग्नता हुन सक्ने अनुमान गरिएको छ। प्रतिबन्धीत नेकपाका डोटी ईञ्चार्ज तर्कराजले भने डोजरमा आगजनी गर्ने कार्यमा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका छन। हामी प्रति आशंका गर्ने गरी अरु कसैले गरेको षड्यन्त्र गरेको हुन सक्ने आरोप उनको छ। Dineshkhabar
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस