Techie IT

दुई डोजरमा आग’जनी


डोटीको सायल र आदर्श गाउँपालिकामा छुट्टाछुट्टै डोजरमा अज्ञात समूहले आग’जनी गरेको छ।

सायल गाउँपालिका १ छपालीमा बाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर र आदर्श गाउँपालिका ३ काँडीस्याउलेमा रहेको आन्टीनेन्टल ट्रेडिङ इन्टरप्राइजेज काठमाडौंको बा १ क २१५९ नम्बरको डोजरमा बुधबार राती अज्ञात समूहले आ’गज’नी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले जानकारी दिएका छन् ।

बाटो मर्मत तथा सफा गर्ने क्रममा छपालीमा रहेको गाउँपालिकाको स्काभेटरमा मध्यराती आगजनी गरेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । गाउँपालिका तथा प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

एकै समयमा दुईवटा ठाउँमा आगजनी हुनुले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको संलग्नता हुनसक्ने अनुमान गरिएको भएपनि कसले आ’गज’नी गर्यो भन्ने अझै नहुलेको प्रहरीले जनाएको छ । प्रतिबन्धित नेकपाका डोटी इञ्चार्ज तर्कराजले भने डोजरमा आगजनी गर्ने कार्यमा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका छन्।

अन्नपुर्ण पोष्ट बाट


क्याटेगोरी : प्रदेश, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस