Techie IT

राष्ट्रपति भण्डारी सुदूरपश्चिम आउँदै


राष्ट्रपति विद्यादेवी भण्डारी धनगढी आउने भएकी छिन्। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्धघाटनका लागि भण्डारी धनगढी आउने कार्यक्रम तय भएको हो।

स्थानीय प्रशासनका अनुसार १४ गते विहान राष्ट्रपति भण्डारी धनगढी आउनेछिन्। यस्तै राष्ट्रपति भण्डारी सुदूरपश्चिमका पहाडी जिल्लामा पनि जाने कार्यक्रम तय भएको छ। बैतडीको पाटनमा रहेको भीमदत्त इन्ष्टिच्यूटको नवनिर्मित भवन उद्घघाटन कार्यक्रममा पनि राष्ट्रपतिको सहभागिता रहनेछ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, राष्ट्रिय, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस