अछाममा चट्याङ पर्दा १ जनाको मृत्यु

अछाममा चट्याङ् पर्दा १ जनाको ज्यान गएको छ ।
जिल्लाको तुर्माखाँद गाउँपालिका वडा न ४ जैसुरको मिलनचोकमा रहेको धर्म कामीको घरमा गएराती चट्याङ पर्दा उनका १४ महिने छोरा रोहित कामीको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङ्का कारण धर्मकी २४ वर्षीया श्रीमती चन्द्रा कामी गम्भीर घाइते भएकी छन् ।
यस्तै धर्मका छिमेकीको गोठमा समेत चट्याङ पर्दा तीनवटा गोरु मरेका छन् ।