मा’पसे सेवन गरि होहल्ला गर्ने महिला पक्राउ

परिवारकै सदस्यले निवेदन दिएपछि धनगढीमा मापसे सेवन गर्ने एक महिला पक्राउ परेकी छिन्। धनगढी उप–महानगरपालिका वडा नम्वर १ कि गीता घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक नारायण विष्टले परिवारकै सदस्यले ठाडो निवेदन दिएपछि उनलाई पक्राउ गरिएको बताए।
मादक पदार्थ सेवन गरी होहल्ला र झैझगडा गरेको गुनासो आएपछि उनलाई पक्राउ गरि प्रहरी हिरासतमा राखिएको विष्टले बताए। परिवारका सदस्यसंग सोधपुछपछि अनुसन्धान अगाडी बढाईने विष्टले बताए। dineshkhabar