देशको ठूलो चुनौती नै भ्रष्टाचार हो : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन्। शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सिमित भएको बताएका छन्।
अध्यक्ष थापाले भने, “लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार व्याप्त छ, अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार हो।” देशमा संस्थागत र नीतिगत रुपमै भ्रष्टाचार भइरहेकाले यसलाई रोक्न जनता जाग्ने बेला आएको उनले बताए।
एमसिसीबारे पत्रकारको जिज्ञासामा उनले सबै राजनीतिक दलको सहमतिमा तयार पारिएको सम्झौता भएको भन्दै यसलाई पारित गरी कार्यान्वयनमा ल्याउनु सबैको जिम्मेवारी रहेको बताए। एमसिसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको औचित्य नरहेको उनको भनाइ थियो।
आफ्नो पार्टीको एजेन्डा हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र रहेको उल्लेख गर्दै अध्यक्ष थापाले अब सङ्गठन विस्तारको अभियानमा अघि बढ्ने बताए। (रासस
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- २ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ३ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ४ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ५ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ६ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ७ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
- ८ माविकाे प्रअबाट राजिनामा दिएका शाही वडा अध्यक्षमा निर्वाचित
प्रतिक्रिया दिनुहोस