Techie IT

प्रदेशको समृद्धिका लागी बिभिन्न कार्यक्रम तिव्र : अर्थमन्त्री बोहरा


सुदुरपश्चिम प्रदेश सरकारका आर्थीक मामीला तथा योजना मन्त्री झपट बहादुर बोहराले सुदूरपश्चिम प्रदेशको आर्थीक समृद्धिका लागी प्रदेश सरकारले बिभिन्न कार्यक्रम अगाढि बढाएको बताउनु भएको छ ।

लगानीमा साझेदारी बढाउन अछाम,बाजुरा र डोटि जिल्लाका जनप्रतिनिधि बिच अछाम सदरमुकाम मंगलसेनमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री बोहराले सिंगो प्रदेशको समृद्धिका लागी प्रदेश सरकारले बिभिन्न योजना अगाढि सारेको बताउनु भएको हो ।

प्रदेशलाई समृद्ध बनाउन रणनैतिक योजना सहित अगाढि बढेको बताउदै मन्त्री बोहराले प्रदेशमा बित्तिय सम्मेलन पश्चात लगानी सम्मेलन आयोजना गर्न लागीएको उल्लेख गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशका सवै क्षेत्रमा आर्थीक समृद्धिको ढोका खोल्न स्थानीय तहमा रहेका लगानी योग्य क्षेत्रको पहिचान गर्ने उदेश्यले जनप्रतिनिधि बिच अन्तरक्रिया गरिएको मन्त्री बोहराको भनाई छ।

लगानिमा साझेदारी बढाउन अछाम जिल्ला सहित बाजुरा र डोटि जिल्लाका समन्वय समितिका प्रमुख, उप प्रमुख पालिकाका प्रमुख उप प्रमुख लगायतको सहभागीतामा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले प्रदेश सरकारले निकट भविष्यमै आयोजना गर्ने लगानि सम्मेलनका लागी बिभिन्न सुझाव दिएका छन ।

सहभागीका सुझाव तथा गुनासो पश्चात अर्थमन्त्री बोहराले स्थानीय तहहरुले उठाउन मिल्ने करका दायराका बारेमा सवै सम्वन्धीत तहका जनप्रतिनिधि जानकार तथा चनाखो हुनुपर्ने बताउनुभयो ।

एउटै प्रदेशमा रहेका स्थानीय तहहरुमा एउटै बिषयमा कर शुल्क फरक फरक देखीएकोमा ध्यानाकर्षण भएको बताउदै मन्त्री बोहराले करको शुल्क कम बढि हुनुको ओैचित्य स्थानीय तहले पुष्टि गर्न सक्नु पर्नेमा जोड दिनुभयो ।

यसै बिच कार्यक्रममा बोल्दै अर्थ बिकास तथा प्राकृतिक स्रोत बिकास समितिका सभापति हर्क बहादुर कुवर गोबिन्दले सविधानले दिएका अधिकार पुरा गर्न अझै पनि नसकिएको बताउदै सँघ सरकारले प्रदेश सरकारलाई अझै अधिकार दिन नसकेको बताउनु भएको थियो ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस