Techie IT

शिक्षा क्षेत्रको विकासका लागी प्रतिवद्ध : अर्थमन्त्री बोहरा ( भिडियो सहित )


सुदूरपश्चिम प्रदेश सरकारका आर्थीक मामीला तथा योजना मन्त्री झपट बहादुर वोहराले शिक्षा क्षेत्रको बिकासका लागी आफु प्रतिवद्ध रहेको बताउनु भएको छ ।

नन्दा आधारभुत बिद्यालय बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाको ६५ औँ स्थापना दिवश कार्यक्रममा बोल्दै मन्त्री वोहराले शिक्षा बिना विकास,सुशासन र पारदर्शीता सम्भव नहुने बताउदै शिक्षा क्षेत्रको बिकासका लागी आफु प्रतिवद्ध रहेको बताउनु भएको हो ।

सामुदायिक विद्यालयको पठन पाठन तथा पुर्वाधार बिकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको मन्त्री बोहराको भनाई छ । प्रदेश सरकारले शिक्षालाई प्राथमिकता दिएर नीतिगत सुधारको पहल गरिरहेको उहाँले बताउनु भयो ।

बिद्यालयको स्थापना दिवशमा प्रमुख अथिति रहनु भएका अर्थमन्त्री बोहराले नन्दा माद्यामिक बिद्यालयको भौतीक पुर्वाधार बिकासका लागी आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत व्यत्त गर्नु भयो ।

यसै बिच फरक प्रसँगमा बोल्दै उहाले प्रदेश सरकारका काम कार्वाहिका बिषयमा अनावश्यक रुपमा चिन्ता नलिन आग्रह गर्नु भएको छ ।

सुदुुरपश्चिको समृद्धिका लागी प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाई काम थालीसकेकाले सरकारका बिषयमा अनावश्यक चिन्ता लिन जरुरी नभएको उहाको भनाई थियो ।

प्रदेश सरकार गठन भएको छोटो समयमै थुप्रै ऐन,कानुन,निति निर्माण तयार भईसकेकाले अवका दिनमा विकास निर्माण लगायतका काम तिव्र रुपमा अगाढी बढ्ने मन्त्री बोहराले दावी गर्नुभयो ।

छोटो समयमै हतारमा गरिएको बिकासले दिगो उपलव्धी हाँसील हुन नसक्ने बताउदै मन्त्री बोहराले आफ्नो कार्यकालमा देखीने गरि बिकास निर्माण सँगै प्रदेश समृद्धिको यात्रामा अगाढी बढ्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा टिकापुर नगरपालिका प्रमुख तपेन्द्र बहादुर रावल, जिल्ला समन्वय समितिका उप प्रमुख टोप बहादुर रावल,कार्यक्रममा पुर्व जिल्ला बिकास समितिका सदस्य कृष्ण प्रशाद जैशी, बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र खड्का बिशिस्ट अतिथी रहनुभएको थियो ।

बिध्यालयका शिक्षिका भगवती रावलको स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन बिध्यालयका प्रधानाध्यापक सुरत बहादुर रावललले गर्नुभएको थियो । कार्यक्रममा बिध्यालय र वडाका टोलहरु बाट सास्कृतक प्रस्तुती समेत प्रर्दशन गरिएका थिए ।

कार्यक्रममा अर्थमन्त्री बोहराको सम्बोधनको पुर्ण भिडियो :


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!