राष्ट्रपतिको स्वागतमा बैतडी र दार्चुलामा सार्वजनिक विदा

राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा बैतडी र दार्चुलाका केही स्थानीय तहमा सार्वजनिक विदा दिईएको छ ।

बैतडीको पाटन नगरपालिका र दार्चुलाको मालिकार्जुन नगरपालिकाले बीहिबार सार्वजनिक विदा दिएको हो ।

पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले नगर कार्यपालिकाको बैठकबाट राष्ट्रपति भण्डारीको भ्रमणमा बीहिबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

मालीकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिह धामीले पनि राष्ट्रपतिको भ्रमणमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी बताउनुभयो ।

आजदेखि सुदूरपश्चिमको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले पहाडी जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा पनि सहभागी हुने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker