मन्दिर व्यवस्थापन समितिका अध्यक्षले गरे साढे ४ लाख भ्रष्टाचार

कञ्चनपुरमा मन्दिर निर्माणका लागि आएको बजेटमाथि भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीको माग गर्दै मुद्दा दायर गरेको छ।
जिल्लाको भीमदत्त नगरपालिका– ३ स्थित साकेत धाम विष्णु मन्दिरको खुडकिला निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर विष्ट विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो।
उपभोक्ता समितिका अध्यक्ष विष्टले भीमदत्त नगरपालिकाबाट ४ लाख ५० हजार भुक्तानी लिएपनि हालसम्म काम सम्पन्न नगरेको र उक्त रकमको फरफारक समेत नगरेकाले उनी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तिीयार दुरुपयोग अनुसन्धानका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
विष्ट विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम ४ लाख ५० हजारको बिगो कायम गरी विशेष अदालतमा मुद्धा दायर गरिएको जनाइएको छ।
क्याटेगोरी : प्रदेश, समाचार, समाज
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस