बैतडीमा जिप दुर्घटना, ८ जना घाइते, एकको अवस्था गम्भीर

बैतडीमा आइतबार बिहान स्कारपियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेमा दार्चुलाको महाकाली नगरपालिकाका ४८ बर्षीय विष्णुदत्त भट्ट रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।
धनगढीवाट दार्चुला जाँदै गरेको बा १३ च ३१८० नम्बरको स्कारपियो महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार ५ ढिकगाडमा बिहान साढे ५ बजे दुर्घटनामा परेको हो। स्कारपियो सडकवाट १५ मिटर तल खसेको छ। चालक निदाएकोले दुर्घटना भएको हुनसक्ने बैतडी प्रहरीले जनाएको छ। thahakhabar
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस