Techie IT

ब’लात्का’रको आरोपमा प्रदेश सांसद रावल पक्राउ


ब’लात्का’रको आरोपमा कैलालीबाट एकजना प्रदेश सांसद पक्राउ परेका छन् ।

तत्कालीन नेकपा माओवादी पार्टीबाट अछाम जिल्लाबाट निर्वा्चित सांसद अक्कल रावल ब’लात्का’र आरोपमा पक्राउ परेको प्रहरीले जानकारी गराएको छ ।

फागुन १४ गते एक महिलाले आफूलाई प्रदेश सांसद रावलले ब’लात्का’र गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी काटेको थियो । पक्राउ पुर्जी काटेपछि उनी बुधबार प्रहरीमा उपस्थित भएका थिए । उपस्थित भएका सांसद रावललाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

सांसद रावलको भनाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, “उहाँले ममाथि लगाइएको आरोप निराधार हो । म मुद्दा फेस गर्छु ।”

बार्हखरी अन्लाईनवाट


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस