भान्जी भन्दै सुदूरपश्चिमका सासंद रावलले ममाथि बलात्कारको प्रयास गरे

अक्कल रावलको नामबाट दुई पटक फेसबुकमा रिकवेस्ट आयो तर मैले डिलिट गरिदिए। तेश्रो पटक पनि उनको रिकवेस्ट आएपछि मैले एसेप्ट गरे। उनले नै कुराकानीको सुरुवात गर्दै मेरो बारेमा जान्न खोजे। ‘घर कता हो रु के गर्नुहुन्छ रु’ लगायतका प्रश्नको मैले पनि सहजै जवाफ दिए। मैले आफ्ना मामाको बारेमा बताउँदा र नाम भन्दा उनले भनेका थिए, ‘तपाईको मामा त मेरो भाई हो। तपाई पनि मेरी भान्जी पर्नुभयो।’
त्यसपछि हामीबीच मामा भान्जी भनेरै कुरा हुन थाल्यो। उनले कहिले काँही भिडियो कल पनि गर्थे अनि फोन पनि। उनले ९मामा० ले धनगढीमा बस्ने ठेगाना सोधेपछि मैले उत्तरवेहडी स्थित म बस्ने घरको ठेगाना नै भनिदिएको थिए। मामा भनिसकेपछि मैले शंका गर्ने कुरै भएन्।
त्यसपछि पटक–पटक रावलले मलाई म्यासेन्जरमा कुरा हुँदा भन्ने गर्थे, ‘तपाईको ढोका त आज खुलै थियो। बाहिर धेरै जुत्ता चप्पल थिए।’ ति कुराबाट रावल मेरो घर बाहिर आएको थाह हुन्थ्यो तर कहिले पनि कोठामा भने आएनन्। माघ २१ गते मेरा श्रीमान कामको शिलशिलामा काठमाडौँ थिए। आफु काठमाडौँ भएको कुरा श्रीमानले फेसबुकमा पनि हालेका थिए।
दिउँसो ठिक साढे १२ बजेको समय थियो म ५ महिनाको गर्भवती समेत भएकोले कोठाभित्रै पल्टिएकी थिए। ढोका खुल्लै थियो। एक्कासी ढोकाबाट रावल मामा आए। कोठामा अर्को खाट पनि थियो तर उनी म पल्टिएकै खाटमा बसे र भने, ‘तपाई त फेसवुकमा जति राम्री देखिनुहुन्छ फेस टु फेस हेर्दा त्यो भन्दा पनि बढि सुन्दर हुनुहुदो रहेछ।’ त्यो शब्दले मेरो मनमा चिसो पस्यो।
खाटबाट उठ्न खोजे तर उनले मेरो हात समाउँदै दु’व्र्य’वहार गरे। बाहिर निस्किन खोज्दा पनि जवरजस्ती गर्न खोजे। ५ महिने गर्भ’वती समेत भएकाले मलाई धेरै डर लागिरहेको थियो। तर पनि मैले प्रतिकार गरेपछि उनी कोठाबाट भागे। उनले जवरजस्ती गर्न खोज्दा मेरो लुगा पनि च्यातिएको थियो। त्यो दिनको घटना बारे मैले सोही दिन श्रीमानलाई जानकारी गराएको थिए।
श्रीमानले असुरक्षा हुने भन्दै आफु काठमाडौँबाट नफर्किदा सम्म सामान्य कुरा गर्न सुझाए। मैले पनि म्यासेन्जरमा रावलले सोधेका प्रश्नको साधारण जवाफ दिएरै टारे। म्यासेन्जरमा कुरा गर्दा मलाई माफी माग्दै उनले भनेका छन्, ‘कहिले काँही जान नपर्ने ठाउँ पनि गईदो रहेछ।
आजभोली त तपाईसंग बोल्न पनि डर लाग्छ।’ सो समयमा म एक्लै थिए र प्रहरीकोमा जान पनि डर लाग्यो। भान्जी भनेर ब’ला’त्कारको प्रयास गर्न सक्नेले भोली जे पनि गर्न सक्ला जस्तो डर मनमा थियो। केही दिनपछि रावलले मलाई फेसबुकमा ब्लक गरिदिए।
श्रीमान धनगढी फर्किएपछि मैले फागुन १४ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिए। १५ गते जिल्ला अदालतले पक्राउका लागि अनुमती दियो र अहिले उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। प्रहरीले पक्राउ गरिसकेपछि अहिले आएर उनको बारेमा धेरै कुरा सुनिरहेकी छु।
यसअघि पनि कालिकोटकी महिलासँग बिहे गरेका रावलले पछि उनलाई निर्मम या’तना दिएर छोडेको कुरा अहिले आएर मलाई थाह भएको छ। अछाम सदरमुकाम मंगलसेनमा एक महिलासँग रंगेहात भेटिएपछि टाउँकोमा टाँका लाग्नेगरी कुटपिट भएको कुरा पनि अहिले आएर सुने।
ति कुरा पहिले नै जानकारी हुन्थ्यो भने म उनलाई साथी पनि बनाउने थिएन्। अव प्रहरीमा जाहेरी दिईसकेपछि न्यायका लागि लड्ने अठोट लिएकी छु। यस्मा सबैको साथ पाउने आशा पनि लिएकी छु। दिनेश खबरबाट साभार
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस