Techie IT

ट्याङकर व्यवासायीको रजाई कायमै, ट्राफिक प्रहरी मुकदर्शक


धनगढी–अत्तरिया ६ लेन सडकमा ट्याङकर व्यवासायीको रजाई भएपनि ट्राफिक प्रहरी र पार्किङको जिम्मेवारी पाएका निकाय मुकदर्शक बनेका छन्। ६ लेन सडकमा दर्जनौ ट्याङकर पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती बढ्दै गएपछि ट्राफिक प्रहरी र पार्किङको जिम्मेवारी पाएका निकाय भने मुकदर्शक बनेको हो। चार दिन राष्ट्रपति विद्यादेवी भण्डारी धनगढी बस्दा धनगढी–अत्तरिया ६ लेन सडकबाट अन्यत्र सारिएका ट्याङकर फेरी छ लेन सडकमै राखिएका छन्।

‘छ लेन सकक एकतर्फी कालोपत्रे भएपछि ट्याङकर पनि कालोपत्र सडकमै राखिएको छ,’ स्थानीय व्यापारी दमन वहादुर बमले भने, ‘एकतर्फ ट्याङकर पार्किङ गरिएको छ भने अर्को तर्फ सडक निर्माणको कार्य जारी हुँदा अहिले आवतजावतमा निकै सास्ती भईरहेको छ। प्सल पनि नदेखिने गरी ट्याङकर पार्किङ गरिएको छ।’ उनका अनुसार छ लेन सडकको एक तर्फ दुवैतीर ट्याङकर पार्किङ गरेर राखिएपछि सवारी दुर्घटनाको जोखिम मात्रै बढेको छैन् कि आगलागीको जोखिम पनि बढेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक सरोज ठकुराठीले भने आयल निगमलाई ट्याङकरको पार्किङ व्यवस्थापन गर्न पटक–पटक लिखित आग्रह गरेको बताए। उनले भने, ‘धनगढी उप–महानगरपालिका र जिल्ला प्रशासनलाई पनि आग्रह गरेका छौ। छिट्टै व्यवस्थाप गर्ने आश्वासन पाएका छौँ।’

यता प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले पनि ट्याङकरले ठूलो जोखिम निम्त्याएको बताउँदै छिट्टै व्यवस्थापन गरिने बताए। उनले निगमलाई पार्किङ व्यवस्थापनका लागि आग्रह गरिसकेको दिनेश खवरलाई बताए।

ट्याङकरको पार्किङ व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी ट्याङकर व्यवसायीको नै हो। तर ट्याङकर व्यवसायी भने ईन्धन ढुवानीका लागि ट्याङकर निगमलाई दिईएको भन्दै नेपाल आयल निगमको जिम्मेवारी रहेको भन्दै पन्छिदै आएका छन्।

नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीका प्रमुख सर्पराज शर्माले भने ट्यांकर पार्किङका लागि जग्गा खोजिरहेको बताए। ‘आज पनि दुई ठाउँमा जग्गा हेरेका छौँ। नियमले निगमको उत्तरतर्फ पार्किङ गर्न मिल्दैन्। नेशनल ट्रेडिङको जग्गाको लागि पनि प्रमुख जिल्ला अधिकारीसंग छलफल भएको छ।’ उनले भने। दिनेश खबरबाट


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!