वषौँ देखि जहाज पर्खेका सुदूर पहाडका विमानस्थलहरु

१० वर्ष भन्दाबढी बन्द रहेको अछामको साफेवागर विमानस्थललाई पछिल्लो पटक पुनःनिर्माण गरेको एक वर्ष भन्दा बढी भएको छ। नागरिक उड्डयन प्रधिकरणले अछामको साफेवगर विमानस्थलसंगै डोटीको दीपायल र बैतडीको पाटनमा पनि पुननिर्माणको काम गरेको थियो। तर दीपायल र पाटन भन्दा अगाडी काम सम्पन्न भएको साफेवगरमा नियमित उडान हुन सकेको छैन्।

बैतडीको पटनमा समेत कालोपत्रेको काम त सकिएको छ तर विमानस्थल संञ्चालन गर्नको लागि अझै दुईमहिना भन्दा बढी समय लाग्ने देखिएको छ। बैतडीका स्थानीय चमन भण्डारीले भने, ‘विमानस्थलको काम त केही समयभित्रै सम्पन्न होला तर हवाई सेवा सुरु हुनेमा आशंका गरेका छौँ। हामीलाई धनगढी–पाटन–धनगढी हवाई सेवा सञ्चालन भए धेरै सहज हुने थियो।’

वषौँदेखि जहाज पर्खेका सुदूर पहाडका विमानस्थलहरु संञ्चालनमा नआउँदा पहाडका वासिन्दा हावाई यात्रा गर्नबाट बञ्चित भएको उनले बताए। अहिले बझाङको चैनपुर विमानस्थलमा पनि कालोपत्रेको काम भईरहेको छ। विगतमा अलपत्र परेको चैनपुरमा अहिले कामले गती त लिएको छ तर निर्माण कार्य सम्पन्न गर्न अझै समय लाग्ने देखिएको छ।

चैनपुर विमानस्थाल संञ्चालन भए पर्यटकीय तथा धार्मीक हिसावले महत्वपुर्ण मानिएको सुर्मा–सैपाल, जिल्लासंगै जोडिएको खप्तड राष्ट्रिय निकुञ्ज लगायत अन्य स्थानहरुमा पर्यटकलाई आकर्षण गर्न सकिने बझाङका स्थानीय कलक खत्रीले बताए। ‘पहाडमा सेवा सुविधा पर्याप्त नहुदा विरामीलाई आकस्मिक धनगढी, नेपालगञ्ज, काठमाडाँै पुगाउनुपर्ने हुन्छ। विमानस्थल संञ्चालन नहुदा समस्या भईरहेको छ।’ उनले भने ‘विमानस्थल नियमित संञ्चालन भए धेरै सहज हुने थियो।’ पहाडका सबै विमानस्थलहरु संञ्चालन भए अन्य जिल्लाहरुमा रहेका धार्मीक तथा पर्यटकिय क्षेत्रको प्रचारप्रशार गर्न सकिने छ।

सुदूर पहाडमा अछामको साफेवगर र बाजुराको कोल्टी विमानस्थल भने संञ्चालनमा छन्। तर अहिलेपनि ति विमानस्थलमा प्रदेशको आन्तरिक उडान भने नियमित छैन्। बाजुराको कोल्टीमा त आवश्यक परेको खण्डमा मात्र विमान अवतरण हुने गरेको पत्रकार महासंघ बजुराका अध्यक्ष प्रकास सिंह बताउँछन्।

‘नियमित रुपमा उडान त हुदैन तर यात्रुपाएपछि कहिले दिनकै तीनवाट उडान पनि हुन्छन्।’ उनले भने, ‘झण्डै ४÷५ वर्ष भयो कालोपत्रे भएपछि विमानस्थल त संञ्चालनमा नै छ।’ उता दर्चुलाको गोकुलेश्वर विमानस्थललाई समेत स्तरोन्नती गर्ने भनिएको छ। तर प्रभावकारी रुपमा काम अगाडी बढ्न सकेको छैन्। हवाई मैदान नभएको प्रदेशको एक मात्र जिल्ला डडेलधुरामा विमानस्थल निर्माणका लागि जग्गा खोजीको काम सुरु भएको छ। दिनेश खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker