आज राती पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना

देशका मध्य र पश्चिमी भूभागमा बिहीबारको मौसममा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको छ।

बिहीबार राती पनि देशका पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने र पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको महाशाखाले जनाएको छ। दिनेश खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker