घरबाट बजार हिँडेका डोटीका एक बृद्ध मृ’त फेला

डोटीमा एक जना मृ’त फेला परेका छन्। जिल्लाको शिखर नगरपालिका कठालीगाउँका ६७ वर्षीय अनी मल्ल मृ’त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
नगरापालिका १ गेरुपानी नजिक सडक नालीमा बिहीबार दिउँसो १२ बजे टाउकोमा चोट लागेको अवस्थामा मृ’त फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
बिहीबार बिहान दिपायल जान्छु भन्दै घरबाट हिडेका आफन्तले जनाएका छन्। मृ’तक मल्लको श’ब पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखीएको छ। घट’ना सम्बन्धी थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ। dineshkhabar