युवाहरुलाई उद्यमशील बनाउन प्रतिबद्ध : गाउँपालिका अध्यक्ष साउँद ( कुराकानी सहित )

चौरपाटी गाउँपालिकाले बेरोजगार युया शक्तीलाई लक्षित गर्दै स्वरोजगारका बिभिन्न कार्यक्रमहरु सन्चालन गरेको छ ।

गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले गाउँका बेरोजगार युवाहरुका लागी स्वरोजगारका कार्यक्रमहरु सन्चालन गरेको बताउनु भएको छ ।

गाउँपालिकाद्धारा सन्चालित बिभिन्न कार्यक्रमको अनुगमन गर्दै अध्यक्ष साउँदले सिपमुल तालिमबाट थुर्पै युवा युवती लाभाम्वित भएको र उक्त सिप सिकेर सबैलाई आत्मनिर्भर बन्न उहाँले आग्रह गर्नुभयो ।

गाउँपालिकाद्धारा सन्चालन भइरहेको होजियारी तालिमबाट राम्रो प्रतिफल प्राप्त हुने अध्यक्ष साउँदको बिश्वास छ ।

होजियारी तालिममा सहभागी बिद्यार्थीहरुले सिकेको सिपबाट गाउँपालिका भरिका बिद्यालयमा मात्रै नभई अन्य थप सुइटर तथा न्यानो लुगा उत्पादन गर्न सकिने अध्यक्ष साउँदले उल्लेख गर्नुभयो ।

गाउँपालिकाको बिकासे बजेटलाई कटौती गरेर भएपनि युवा उद्यमशिलताका लागी सहयोेग गर्ने उहाँको भनाई छ ।

कुराकानी : हर्क साउँद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker