Techie IT

क्वारेन्टाइनमा राखिएका ५ सय बढी नेपाली पर्खालबाट भागे


नेपालगन्ज सिमा नाकाबाट सोमबार उद्दार गरि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ५ सय ब्यक्तीहरु फरार भएका छन् ।

दिउँसो एक बजे सम्मको अन्तिम समयसम्म नेपालगन्जको सिमा नाका जमुनहामा प्रबेश गराएर स्वास्थ्य जाँच गराएका ८०० जनालाई क्वारेन्टाइनमा पुर्याइएको थियो।

धेरै जसो क्वारेन्टाइनबाट भागेपछि अहिले २ सय देखि ३ सयसम्म जतिको संख्यामा रहेका छन् ।सबै जसो युवाहरु फरार भएका छन् ।

अहिले क्वारेन्टाइनमा महिला, बच्चा- बच्ची लगायत वृद्धबृद्दा रहेका छन् । भारतबाट आएका ती नेपालीहरु क्याम्पसको पश्चिम् तिरको पर्खालबाट भागेको बताइएको छ।

हाम्रा कुरा डटकमबाट साभार


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस