Techie IT

भारतबाट फर्किएकाहरु सेल्फ क्वारेन्टाईनमा बस्न अधिकृत ढुँगानाको आग्रह


बान्नीगढी जयगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सैलेशराज ढुँगानाले भारतबाट फर्किएका नागरिकलाई सुरक्षीत साथ सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गर्नु भएको छ ।

सामाजीक सँजाल फेसवुकमा स्टाटस लेख्दै अधिकृत ढुँगानाले भारत तथा कोरोनाको सँक्रमण फैलिएको क्षेत्रबाट फर्किएकाहरुलाई सुरक्षीत साथ सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गर्नु भएको हो ।

बान्नीगढी जयगढ गाउँपालिका र अछाम जिल्ला भित्र बिदेशबाट आउनु भएका दाजुभाई तथा दिदिबहिनी वा उहाको नजीक् बस्नुहुने परिवारजनहरु र अन्य स्वेदेश भित्रबाट आउनु भएका महानुभावहरु सेल्फ क्वारेन्टाईनमा बसौ कुनै शँका लागेमा अस्पतालामा जाऔँ अधिकृत ढुँगानाले फेसवुक स्टाटसमा उल्लेख गर्नु भएको छ ।

साथै अधिकृत ढुँगानाले लेख्नु भएको छ ” नजिकिदो चैते दशै र पारिवारिक मायामोहको भावनात्मक सँवेगले भिडभाड ,चहलपहल नगरौँ दशैँ अर्को बर्ष पनि आउछ । व्यत्तिगत स्वास्थ्यमा सवैले उच्च सतर्कता अपनाऔँ बिश्वव्यापरी रुपमा फैलिरहेको कोरोना भाईरस ( covid 19 ) बाट आफु पनि बचौँ, अरुलाई पनि बचाऔँ । ”


क्याटेगोरी : प्रदेश, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस