कोरोना रोकथामका लागी साँफेबगरमा आईभीआर सेवा : नगर प्रमुख कुँवर (कुराकानी सहित)

कोरोना सँक्रमण फैलिन नदिन तथा नागरीकहरुलाई यस वारे सचेतना फैलाउन साँफेबगर नगरपालिकाले आइभीआर सेवा सँचालन गरेको छ ।

कोरोना सम्बन्धी बच्ने उपाय,देखीने लक्षण र अपनाउनुपर्ने सर्तकताका बिषयमा नागरीकलाई जानकारी गराउन नगरपालिकाले आईभीआर सेवा सँचाला गरेको हो ।

आईभीआर सेवा अन्तर्गत नगरपालिकाका नागरीकहरुको मोवाईल तथा टेलीफोनमा नगरबाट फोन सम्पर्क हुन्छ र फोन उठाउने बितिक्कै कोरोनाको सँक्रमणबाट बच्ने उपाय, सँक्रमण भएमा देखीने लक्षण, अपनाउनुपर्ने सतर्कताका बिषयमा नगर प्रमुख कुल बहादुर कुँवरको आवाजमा सन्देश बज्ने गर्दछ ।

कोरोनाको सँक्रमण फैलिन नदिन आम नागरीकहरुलाई प्रत्यक्ष भेटेर तथा भेला गरेर सुझाव सल्लाह दिदा झनै जोखीम बढ्ने भएकाले नगरपालिकाले आईभीआर सेवा मार्फत सचेतना फैलाउन सुरु गरेको नगर प्रमुख कुल बहादुर कुँवरले बताउनुभयो । कोरोना सँक्रमण फैलिन नदिन आईभीआर सेवा प्रभावकारी बन्ने नगर प्रमुख कुँवरले अपेक्षा गर्नु भएको छ ।

कोरोनाको सँक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गदै नगरपालिकाले बयालपाटा अस्पतालमा १० वटा आइसोलेसन वार्ड निर्माण गरेको र आवश्यक स्वास्थ्य उपकरणको प्रवन्ध मिलाईएको उहाँले बताउनुभयो ।

लगडाउनको समयसिमा थप भएसँगै नगरमा खाद्यान्न र दैनीक उपभोग्यका सामाग्रीहरुको अभाव हुन नदिने गरि प्रवन्ध मिलाईएको उहाले दावी गर्नु भएको छ ।

कारोनाको सँक्रमण फैलिन नदिन नगरपालिकाले गरेका आग्रहलाई पुर्ण रुपमा पालना गरि घरभित्रै सुरक्षीत बस्न नगरपालिकावासीमा नगर प्रमुख कुँवरले आग्रह समेत गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker