Techie IT

मंगलसेन नगर प्रमुख बोहरा गाउँ गाँउमा मास्क बितरण र स्थलगत बस्तुस्थिति बुझ्दै


हाेम साउद, अछाम २० चैत ।

काेराेना भाईरस संक्रमणकाे सम्भावित जाेखिमलाइ मध्यनजर गर्दै मंगलसेन नगरपालिकाले विभिन्न वडामा मास्क बितरण गरेकाे छ ।

नगरप्रमुख पदमबहादुर बाेहरा र प्रमुख प्रशासकीय अधिकृत अाेमकार शाह सहितको टाेलिले विभिन्न ६ वडामा पुगेर १२ सय थान मास्क बितरण गर्दै वडाको बस्तुस्थितिबारे जानकारी लिएको हाे । नगरप्रमुख बाेहराले विभिन्न वडा र स्वास्थ्य संस्थामा पुगेर मास्क उपलब्ध गराई स्थानीय जनताका समस्या र समग्र अवस्थाबारे जानकारी लिनुभएकाे थियाे ।

वडानम्वर ८ का अध्यक्ष हिरण्ड बाेहरा, ९ का अध्यक्ष झपट रावल र स्वास्थ्यचाैकि वलिगाउका सिनयर अनमि रामेश्वरि रावल, १० का नेत्र रावल र कार्यपालिका सदस्य ललिता रावललाइ मास्क हस्तान्तरण गरिएको छ ।

यस्तै नगरप्रकुख बाेहरा सहितको टाेलिले वडानम्वर ११ का अध्यक्ष डबल सिंह भण्डारी र स्वास्थ्य चाैकि जुपुका अहेव ईन्द्रजित चमैधरि, १२ क वडा सदस्य प्रमाेद साेप, १४ का अध्यक्ष तेजबहादुर भण्डारीलाई मास्क हस्तान्तरण गरि काेराेना भाईरस संक्रमणकाे सम्भावित जाखिम र हालकाे अवस्था बारे जानकारी लियकाे थियोे।

वडा कार्यालय र स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको मास्कहरु गाउमा रहेका बिरामी, अशक्त, सामाजिक अभियानकर्मि, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायतलाई अावश्यकताका अाधारमा बितरण गर्न नगरप्रमुख बाेहराले निर्देशन दिनुभयो । यस्तै नगरपालिकाले वडा स्तरमा ज्याला मजदुरि गरि खाने श्रमिक वर्गकाे तथ्यांक संकलन तथा भारतबाट अाएका ब्याक्तिहरुकाे तथ्यांक अध्यावधिक एवं संकलनका लागि वडा कार्यालयलाई फर्म्याट उपलब्ध गराई अावश्यक निर्देशन दिईयकाे छ ।

विश्वब्यापि महामारीको रुपमा फैलिएको काेराेना संक्रमणकाे सम्भावित जाेखिमलाई न्युनिकरणका लागि नगरपालिका निरन्तर खटिरहेकाेले कसैले चिन्तित हुन नपर्ने भन्दै नगरप्रमुख बाेहराले सबै सुरक्षित हुन, लकडाउनकाे पालना गर्न र एकान्तवास बस्न अाग्रह गर्नुभयाे । स्वास्थ्यकर्मीलाई पनि उच्च मनाेवलका साथ सेवा गर्न कर्मचारीले पनि चेतना फैलाउने, अन्य सामाजिक अभियन्ता र राजनितीक कार्यकर्ताले पनि काेराेना बिरुद्धकाे अभियानमा सरिक हुन अाग्रह गर्नुभयो ।

मास्क बितरण टाेलिमा नगरप्रमुख पदमबहादुर बाेहरा सहित प्रमुख प्रशासकीय अधिकृत अाेमकार शाह, याेजना अधिकृत खकेन्द्र बहादुर साेडारि, स्टाेरकिपर नरेश बहादुर कठायतकाे सहभागीता रहेकाे नगरपालिकाका एमअाईएस अपरेटर हाेम साउदले जानकारी दिनुभयो। नगरपालिकाका अन्य वडामा पनि स्थलगत बस्तुस्थिति बुझ्ने र मास्क बितरण कार्य गरिने नगरपालिकाले जनाएको छ


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस