Techie IT

काँग्रेस युवा नेता बिष्टद्धारा  कोरोना नियन्त्रणमा आर्थिक सहयोग


नेपाली काँग्रेस अछामका युवा नेता  पुष्प बिष्टले कोरोना नियन्त्रणका लागी ५ हजार ५ रुपैँया सहयोग गरेका छन ।

नेता बिष्टले जिल्लाको रामारोशन गाउँपालिकामा कारोना नियन्त्रणका लागी आर्थीक सहयोग गरेका हुन ।

सामाजीक सँजाल फेसवुक मार्फत नेपाल बिद्यार्थी सँघ अछामका जिल्ला सदस्य बिष्टले रामारोशन गाउँपालिकाको आकस्मीक कोषमा ५ हजार ५ रुपैँया जम्मा गरेको जानकारी गराएका छन ।

कोरोना नियन्त्रणका लागी रामारोशन गाउँपालिकाले सँचालनमा ल्याएको रामारोशन आकस्मीक कोष खाता सँचालनमा ल्याएसँगै नेता बिष्टले सोहि खातामा बिहिवार रकम जम्मा गरेका हुन ।

बिश्वमा महामारीको रुपमा फैलिएको कोविड १९ कोरोनाका कारण निम्तिएको बिपदलाई सरकारले मात्रै नियन्त्रण गर्न नसक्ने भएकाले आम नागरीक लगायत सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिदै आफुले गाउँपालिकाको आकस्मीक कोषमा आफुले सक्दो सहयोग गरेको बिष्टको भनाई छ ।

कोरोना नियन्त्रणका लागी सरकारका तर्फबाट भईरहेका क्रियाकलापमा आम नागरीक सवैले सहयोग गर्नुपर्नेमा बिष्टले जोड दिएका छन ।

रामारोशन गाउँपालिका कोरोना नियन्त्रणका लागी आवश्यक बजेटको प्रवन्ध गर्न सँचालन गरेको रामारोशन आकस्मीक कोषमा पहिलो पटक नागरीकका तर्फबाट बिष्टले सहयोग जम्मा गरेका हुन ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस