कैलालीका कोरोना संक्रमित युवकसँगै भिडमा थिए अछाममा क्वारेन्टाईनमा राखिएका नागरीक

अछाम जिल्ला सदरमुकाम मँगलसैनमा क्वारेन्टाईनमा राखिएका नागरीकहरु कैलालीमा कोरोनाको सँक्रमण देखिएका युवकसँगैको समुहमा रहेको खुलेको छ ।
नेपाल सरकारले लगडाउनको घोषणा गरेको भोली पल्ट अर्थात चैत्र ११ गते गौरिफन्टामा अलपत्र परेका नेपालीहरुको समुहमा अछाममा क्वारेन्टाईनमा राखिएकाहरु पनि रहेको खुलेको हो ।
कैलालीमा शनिवार कोरोनाको सँक्रमण भेटिएका ती युवक पनि सोहि समुहमा गैरीफन्टामा रहेका थिए ।
चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा कोरोनाको सँक्रमण भेटिएका युवक सँगै अछाममा क्वारेन्टाईनमा राखीएकाहरु पनि सहभागी रहेको पाईएको छ।
अछामका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले कैलालीबाट उद्धार गरेर ल्याईएकाहरुको पत्र हेर्दा उनीहरुलाई चैत्र ११ गते साझ नै अछाम पठाईएको देखीएको बताउनु भयो ।
सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले चैत्र ११ गते २१ वटा बस मार्फत गन्तव्य पठाएको थियो । शनिवार कोरोनाको सँक्रमण देखिएका युवक पनि सोहि दिन उनको कैलाली लम्की स्थित घर पुगेका थिए ।
गौरीफन्टाबाट उद्धार गरेर अछाम ल्याईएका ५३ जना नागरीकहरु भने चैत्र १२ गते अछाम आई पुगेका थिए । उनीहरुलाई मँगलसेनमा निर्माण गरिएको क्वोन्टाईनमा राखीएको छ ।
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस