चौरपाटी गाउँकार्यपालिकाको आकस्मिक बैठक सम्पन्न

राहत सामाग्री वितरण कार्यविधि २०७६ पारित

चौरपाटी गाउँपालिका गाउँकार्यपालिकाको आकसिम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकले राहत सामाग्री वितरण कार्यविधि २०७६ पारित गरेको छ । बैठकले कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणका लागि गाउँपालिका अध्यक्ष संयोजक रहने गरी ५ सदस्यीय गाउँ समन्वय समिति गठन गरेको छ ।

बैठकले दैनिक ज्यालादारी गरी गुजारा चलाई रहेका ब्यक्तिलाई राहत उपलब्ध गराउने, लक डाउन खोल्ने वित्तिकै भारत लगायत अन्य राष्ट्रबाट नेपाली नागरिक स्वदेश फकिने हुदाँ फकिएका ब्यक्तिलाई १४ दिन सम्म करेन्ट टाईममा राख्नका लागि सम्बन्धित वडाका सार्वजनिक भवन तथा विद्यालयमा राख्ने निर्णय गरेको छ ।

बैठकले कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणमा खटिरहेका स्थायी तथा करार स्वास्थ्यकर्मीलाई संघिय सरकारको जोखिम तथा राहत निर्देशिका मापदण्ड को आधारमा जोखिम भत्ता उपलब्ध गराउने, महिला स्वास्थ्य स्वंयमसेविकालाई एकमुट रु तिन हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

यस्तै बैठकले कोभिड १९ को महामारीको गाउापालिकालाई आवश्यक वजेट खर्च देखिएमा जुनसुकै वजेट शिर्षकबाट समेत खर्च गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले गाउँपालिकाको सीमा क्षेत्रभित्र लक डाउनको समय छिटफुट रुपमा सवारी साधन चल्ने गरेको सुचना आएको हुदा अति आवश्यक औषधी, खाद्यन्न ढुवानीका लागि वडा कार्यालयको सिफारिसवाहेक सवारी नचलाउन अनुरोध गरिएको छ ।

साथै बैठकले गाउँपालिकाबाट दैनिक दिनुपर्ने सेवा प्रवाह, अति आवश्यक सुचना, कोरोना भाइरस सम्बन्धी सुचना, अति आवश्यक पर्ने सिफारिसका लागिका लागि लक डाउनका अवधिसम्म गाउँपालिकामा कार्यरत कर्मचारी एमआईएस अपरेट कालु सिहं बोहरा र प्रशासन सहायक राम बहादुर कुँवरलाई गाउँपालिकामा खटाईएको गाउँपालिकाले जनाएको छ ।

साथै गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (भाइरस कोभिड १९)को उच्च जोखिमलाई न्यूनिकरण गर्न गाउँपालिकाका सात वटै वडामा ७ हजार पाँच सय मास्क वितरण गरिएको छ । गाउँपालिकाले वडा नं. १,२,४ र ५ लाई १२ सयका दरले र वडा नं. ३,६ र ७ लाई ९ सयका दर मास्क वितरण गरिएको गाउँपालिका अध्यक्ष साउदले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker