कोरोना आशँका गरिएका अछामका ५ जनाकै रिपोर्ट नेगेटिभ

कोरोना आशँका गरिएका अछामका ५ जनामा कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ ।

बयालपाटा अस्पतालमा कोरोना आशँकामा भर्र्ना गरिएका ५ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना भाइरस संक्रमणको आशंकामा बयालपाटा अस्पतालबाट उनीहरुको नमूना संकलन गरी स्वाब धनगढी पठाएकोमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

बयलपाटा अस्पतालबाट दुई स्वास्थ्यकर्मी र आइसोलेशन वार्डमा उपचारत रहेका तीन सर्वसाधारणको रिर्पोट नेगेटिभ आएको बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक बिकास गौचनले बताउनुभयो ।

कोरोना सँक्रमणको आशंकामा बिहीबार स्वाबको नमूना संकलन गरेर शुक्रवार धनगढी पठाइएको थियो । उनीहरुमा बिभिन्न स्वास्थ्य समस्या देखीएपछि उनीहरुलाई बयालपाटा अस्पतालमा आइसोलेसनमा राखीएको थियो ।

रिपोर्टमा कोरोनाको सँक्रमण नरहेको पुष्टि भएसँगै उनीहरुलाई घर पठाउने तयारी भईरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker