शोसेक नेपालद्धारा पञ्चदेवल नगरपालीकामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री हस्तान्त्रण

महेश रिमाल, २४ चैत्र अछाम ।
सामाजीक सेवा केन्द्र सोसेक नेपाल दैलेखले पञ्चदेवल विनायक नगरपालीकामा बिभिन्न खाद्यान्न तथा स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।
सामाजिक सेवा गर्दै आएको शोसेक नेपाल दैलेखले विश्वलाइनै आक्र्रान्त पारेको कोरोना भाइरसको संक्रमण फलिन नदिन डिसिए नेपालको आर्थिक सहयोगमा आवश्यक स्वास्थ्य सामाग्री तथा विपन्न परिवार, वादी समुदाय, एचआइभी संक्रमित,पिछडिएका लागी आज हस्तान्त्रण गरेको हो ।
संस्थाको प्रतिनिधि तथा समाजसेवी रमेश रावतले पञ्चदेवल विनायक नगरपालीका प्रमुख देवराज देवकोटा उपप्रमुख अम्बिका चलाउने प्रमुख प्रशासकिय अधिकृत पदम माझि लाइ उक्त सामाग्री हस्तान्त्रण गर्नुभएको हो ।
पञ्चदेवल विनायक नगरपालीकाको लागी ६० प्याक चामल, ६० केजि दाल ३० केजि चिनी ८ केजि चियापत्ति ६० केजि नुन ६० पोका तेल, मास्क, १० ओटा पिपि सेट सेनिटाइजर आज नगरपालीका लाइ हस्तान्तरण गरीएको छ ।
देश लक डाउनको अवस्थामा खाद्यान्न लगायत दैनिक उपभोग्यका सामाग्रीको सहज आपुर्ती नहुदा नगरपालिकामा विपन्न परिवार, वादी समुदाय, एचआइभी संक्रमित,पिछडिएका वर्ग लगायतका मानिसलाई अत्यावस्यकका सामाग्री वितरण गरिने भएको छ ।
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस