भारतमा अलपत्र नेपालीलाई मेल्लेख गाउपालिकाद्धारा राहात बितरण

भारतमा लगडाउनका कारण समस्यामा परेका मेल्लेख गाउँपालिकाका नागरिहरुलाई भारतमा राहात बितरण गरिएको छ ।

मेल्लेख गाउँपालिकाको पहलमा भारतमा अलपत्र परेका तथा समस्यामा परेका गाउँपालिकाका नागरिकहरुलाई खाद्यान्न सामाग्री बितरण गरिएको हो ।

मेल्लेख गाउँपालिकाका अध्यक्ष लोक बहादुर बोहराका अनुसार भारतमा रहेका कपुर सिँह धामीलाई भारत सरकारका तर्फबाट पास उपलव्ध गराई उनी मार्फत ६ जनालाई खाद्यान्न सामाग्री उपलव्ध गराई सकिएको छ भने अन्य २५ जना बढिलाई बितरण गरिदै छ ।

मेल्लेख गगाउँपालिकाका वडा नम्बर १ स्थायी घर भई हाल भारत राजधानी दिल्ली आसपास रहेका उनीहरुलाई दैनी उपभोग्यका लागी आवश्यक पर्ने दाल,चामल,नुन, तेल लगायतका खाद्य सामाग्री उपलव्ध गराईएको गाउँपालिका अध्यक्ष बोहराले बताउनुभयो ।

उनीहरुलाई ५ किलो आटा,५ किलो चामल, आधा लिटर तेल,२ किलो दाल लगायतका खाद्य सामाग्री बितरण गरिएको छ ।

यस्तै भारतका अन्य ठाउँमा समस्यामा परेका मेल्लेख गाउँपालिकाका नागरिहरुलाई व्यवस्थापन गर्नका लागी भारतमा रहेको नेपाली अगुवा जनक खड्का लगायत सँग समन्वय भईरहेको गाउँपालिका अध्यक्ष बोहराले बताउनुभयो ।

भारतका बिभिन्न ठाउँ मुम्वै, पुना लगायतका ठाउँमा रहेका मेल्लेख गाउँपालिकाका नगारिहरुलाई राहात उपलव्ध गराउन आवश्यक पहल भईरहेको गाउँपालिका अध्यक्ष बोहराले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker