भारत हिमाचलमा ४ सय बढि नेपाली अलपत्र

जनक रावत,अछाम

भारतको हिमाचल प्रदेश सिरमौर जिल्ला नाहन मा ४ सय ५० जना भन्दा बढि नेपाली मजदुर अलपत्र परेका छन्।

बिश्वभर महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागी गरिएको कारण लकडाउनमा परि उनीहरु अलपत्र परेका हुन् ।

बैदेशिक रोजगारी का लागि हिउदे बालि लगाएर सुदुरपश्चिम प्रदेशका अछाम,कैलाली,र कर्णाली प्रदेशका दैलेख,सुर्खेत जिल्लाका करिब ४ सय ५० जना भन्दा बढि नेपाली मजदुर त्यहाँ अलपत्र परेका बताईएको छ ।

भारतको हिमाचल प्रदेश सिरमौर जिल्ला नाहानमा अछाम जिल्लाबाट मजदुरी गर्न गएका दिपक प्रवासि ले आफुहरु लकडाउनका कारण निकै समस्यामा परेको बताएका छन् ।

खान बस्नको जटिल समस्या भएको र भारतीय सरकारले आफुहरुको उद्धारका लागी कुनै चाँसो नदिएको र घरबेटीले पनि कोठा भाडा तिर्न पटक पटक दवाव दिदै आएको उनको भनाई छ ।

लकडाउनका कारण कुनै पनि काम गर्न नपाइएको र कमाएको पैसा खर्च सकिएका कारण अव के खाने के लगाउने भन्ने समेत अन्यौल रहेको उहाले बताउनुभयो ।

भारतीय सरकारसंग समन्वय गरि आफुहरुलाई नेपाल फर्किने व्यवस्था गरिदिन उनीहरुले माग गरेका छन । आफुहरु नेपालमा नेपाल सरकारको मापदण्ड अनुसार क्वारेन्टाईनमा बस्न तयार रहेको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker