भारतमा अलपत्र नेपालीको उद्धार गरिन्छ : अर्थमन्त्री बोहरा (कुराकानी सहित)

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले भारतमा अलपत्र परेका नेपालीहरुको उद्धार गरिने बताउनु भएको छ ।

कोरोनाको माहामारी नियन्त्रणका लागी लकडाउन जारि रहेका बेला भारतमा अलपत्र परेका सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई तत्काल उद्धार गरिने बताउनु भएको हो ।

भारतमा अलपत्र परेका सुदूरपश्चिमेलीहरुलाई उद्धार गरि भारतमै व्यवस्थापन गर्ने कि नेपाल ल्याउने भन्नेबारे जेठ ५ गते पछि निर्णय हुने मन्त्री बोहराको भनाई छ ।

रेडियो बान्नीगढीसंगको कुराकानीका क्रममा मन्त्रि बोहराले भारतमा लकडाउनका कारण सुदूरपश्चिमेली नागरिकहरु समस्यामा परेको बिषयमा प्रदेश सरकार गम्भिर बनेको बताउनुभयो ।

भारतमा रहेका नेपालीहरुलाई समयमै व्यवस्थापन गर्न नसक्दा ठुलो समस्या निम्तिने देखीएकाले उनीहहरुको उद्धारका बिषयमा जेठ ५ गतेपछि निर्णय हुने उहाको भनाई छ ।

भारतबाट उद्धार गर्ने बिषयमा संघीय सरकारसंग सहकार्य भईरहेका र स्थानीय तहहरुलाई क्वारेन्टाईन निर्माण तथा उनीहरुको व्यवस्थापनका लागी आवश्यक तयारीका लागी निर्देशन दिईसकेको मन्त्री बोहराले बताउनुभयो ।

बिदेशमा लकडाउनका कारण समस्यमा परेर नेपाली नागरिक आत्महत्या गर्न बाध्य हुनु निकै दुःखद भएको बताउदै उहाले यस्ता घटना दोहोरिन नदिन आफुहरु सचेत रहेको मन्त्री बोहराको दावी छ ।

कोरोना संक्रमणका कारण बिकास निर्माणका कामहरु प्रभावित नहुने गरि संचालन गरिने बताउदै मन्त्रि बोहराले लकडाउनका कारण गाउँमा बेरोजागार अवस्थामा रहेका नागरिकहरुलाई बिकास निर्माणसंग जोडेर रोजगारी दिने तयारी भईरहेको बताउनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहरासंगको कुराकानी :-

One Comment

  1. म भारतमा जम्मू बाट हो सर मेरो नाम प्रेम सिंह भण्डारी बैतडी जिल्ला पाटन नगरपालिका 2 नम्बर वडा हो केही सल्लाह पाय हुन् थियो फोन नम्बर 8899196120

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker