Techie IT

शुक्रबार ९ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या २ सय ५८ पुग्यो


शुक्रबार नेपालमा नौजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा १ जना र बाँकेमा ८ जना नयाँ संक्रमित थपिएका हुन् ।

बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षका पुरुषमा स‌ंक्रमण देखिएको हो ।

मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ। आज फेला परेका नयाँ संक्रमितसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५८ पुगेको छ ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, राष्ट्रिय, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!