रामारोशन गाउँपालिकालाई (बिप्लव) जनपरिषद अछामको यस्तो चेतावनी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जनपरिषद अछामले अछामको रामारोशन गाउँपालिकालाई एक विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।
रामारोशन गाउँपालिकाको ४ वटा माध्यामिक विद्यालय निर्माणको लागि ५ करोडको हाराहारीमा बजेट बिनियोजन भए पनि भवनको मापदण्ड अत्यन्तै कमशलको भएको र उक्त ठेक्का समेत लकडाउनको उलंघन गर्दै आफु निकट ठेकेदारलाई गोप्य रुपमा जिम्मा लगाएको विज्ञप्ति मार्फत आरोप लगाईएको छ ।
गाउँपालिकामा हुने प्राय विकास निर्माणका योजनाहरुमा कमिशनको चलखेल हुनेगरेको जनगुनासो आइरहेको र यस पटक लिखित रुपमै जन परिषद अछाममा रामारोशन गाउँपालिकाका स्थानिय जनताले लिखित रुपमै उजुरी पेश गरेपछि आफुहरुले बाध्य भएर अनुसन्धान अगाडी बढाउन चेतावनी स्वरुप उक्त विज्ञप्ति जारी गरेको जिल्ला जनसरकार प्रमुख निरक शाहिले बिज्ञप्ती मार्फत जानकारी दिएका छन ।
साथै उक्त कमसल खालको मापदण्ड विपरित भवन निर्माणको कुनै पनि जन विरोधि कार्य नगर्न नगराउन समेत विज्ञप्ति मार्फत भनिएको छ ।
सो कार्य अगाडी बढाइए थप संघर्षका कार्यक्रम गर्ने पनि बिज्ञप्ती मार्फत चेतावनी दिएको छ ।