Techie IT

दैलेखका १ जनामा कोरोना,पुन परिक्षणका लागी स्वाव नेपालगन्ज पठाइयो


प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला वीरेन्द्रनगरमा गरिएको परीक्षणमा एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएपछि पुनः परीक्षणका लागि नेपालगन्जस्थित प्रयोगशालामा नमुना पठाइएको छ ।

भारतबाट फर्किएका दैलेख, आठबीस नगरपालिकाका ३५ वर्षीय ती व्यक्ति जेठ १ गते गाउँमा पुगेका थिए ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले दुइटै परीक्षणमा एउटै रिपोर्ट आएपछि मात्र ‘पोजिटिभ’ भन्न सकिने बताए ।

उनका अनुसार जनस्वास्थ्य प्रयोगशालाले दाङ, सुर्खेत र धनगढीको प्रयोगशालामा रिपोर्ट पोजिटिभ देखिएमा ‘क्रस चेक’ को लागि नेपालगन्ज पठाउन परिपत्र गरेको छ ।

‘एक ठाउँमा गरिएको परीक्षणबाट ‘कन्फर्म’ हुनसक्ने अवस्था रहँदैन, कुनै प्राविधिक त्रुटि पनि हुनसक्छ,’ उनले भने, ‘कहिलेकाहीँ रि–एजेन्ट, मेसिनरी गडबडीले पनि रिपोर्टलाई प्रभावित पार्न सक्छ ।’ सोमबार साँझ वा मंगलबार बिहानसम्म पुनस् परीक्षणको रिपोर्ट आउने उनले बताए ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, राष्ट्रिय, समाचार, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!